Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

माओवादीको केन्द्रीय कमिटी बैठकमा पूर्वउपराष्ट्रपति पुन सहभागी

माओवादीको केन्द्रीय कमिटी बैठकमा पूर्वउपराष्ट्रपति पुन सहभागी

आइतवार , पौष २१, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन पनि सहभागी भएका छन्।

आजबाट धुम्बाराहीमा सुरु भएको केन्द्रीय समिति बैठकमा पूर्वउपराष्ट्रपति पुन पनि सहभागी भएका हुन्।

यसअघि पुन पदाधिकारी तथा स्थायी कमिटी बैठकमा पनि सहभागी भएका थिए।

फेरि राजनीतिमा फर्कन लागेका पुनलाई माओवादी केन्द्रीय कमिटीबाट उपाध्यक्ष मनोनीत गर्ने तयारी छ।

उपाध्यक्ष बन्नुअघि नै पूर्वउपराष्ट्रपति पुनलाई उपाध्यक्षहरू सरह ठाउँ दिइएको छ। केन्द्रीय समिति बैठकमा सहभागी पुन अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'कै लहरमा बसेका छन् ।

वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र महासचिव अघिल्लो लहरमा बसेका छन् भने उपमहासचिवहरू पछिल्लो लहरमा छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077