Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

माओवादी अध्यक्ष प्रचण्डले भने - टीआरसीलाई एमालेले दाउपेचको विषय बनायो

माओवादी अध्यक्ष प्रचण्डले भने - टीआरसीलाई एमालेले दाउपेचको विषय बनायो

आइतवार , पौष २१, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले टीआरसीलाई एमालेले दाउपेचको विषय बनाएको आरोप लगाएका छन् ।

आइतबारबाट काठमाडौंमा सुरु भएको माओवादी केन्द्र केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले उक्त कुरा बताएका हुन् ।

उनले सत्ताको नेतृत्व गरिरहेको दल एमालेले संक्रमणकालीन न्यायको विषयलाई राजनीतिक दाउपेचको विषय बनाएको आरोप लगाए ।

अध्यक्ष प्रचण्डले संक्रमणकालीन न्यायको कामलाई एमालेले राजनीतिक दाउपेचको विषय बनाउँदा आयोग गठनमा ढिलाइ भइरहेको बताए।

नेकपा एमालेले भने संक्रमणकालीन न्यायसम्बन्धी कामलाई गठबन्धन सरकारको ६ महिनाको प्रमुख आठ कामको सूचीमा समेटेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077