Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

रास्वपाले गठन गर्‍यो सन्तोषको नेतृत्वमा 'संविधान परिमार्जन सुझाव कार्यदल'

रास्वपाले गठन गर्‍यो सन्तोषको नेतृत्वमा 'संविधान परिमार्जन सुझाव कार्यदल'

आइतवार , पौष २१, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विधान परिमार्जन सुझाव कार्यदल गठन गरेको छ ।

शनिबार सुरु भएर आइतबार सकिएको केन्द्रीय समितिको विस्तारित बैठकले पार्टीका प्रमुख सचेतक सन्तोष परियारको नेतृत्वमा संविधान परिमार्जन सुझाव कार्यदल २०८१ गठन गरेको हो ।

कार्यदलले संविधान परिमार्जनका लागि सुझाव सङ्कलन गर्न सातै प्रदेशमा छलफल चलाउने र संविधानविद् तथा सरोकारवालाहरूसँग आवश्यक परामर्श गरी पार्टीका तर्फबाट धारणा तय गर्नेछ ।

कार्यदलमा क्रान्तिशिखा धिताल, डा.नन्दन यादव, गणेश कार्की, सोबिता गौतम, गणेश पराजुली, असिम शाह, कुसुम महर्जन र मेघ आले रहेका छन् ।

११ वटा निर्णय गरेको रास्वपाले चारवटा समिति र कार्यदल विघटन गरेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077