Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

आफैँलाई गोली हानेका प्रहरी जवान विष्टको उपचारका क्रममा मृत्यु

आफैँलाई गोली हानेका प्रहरी जवान विष्टको उपचारका क्रममा मृत्यु

शनिवार , माघ १२, २०८१

कञ्चनपुर । महेन्द्रनगरस्थित सुदूरपश्चिम विपद् व्यवस्थापन गुल्ममा कार्यरत प्रहरी जवान वकिल विष्टको मृत्यु भएको छ ।

आफैँले आफैँलाई गोली प्रहार गरेका प्रहरी जवान विष्टको उपचारका क्रममा मृत्यु भएको हो ।

कैलालीको निशर्ग अस्पतालमा उपचारका क्रममा प्रहरी जवान विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

माघ ९ गते बुधबार राति कोत गादरमा (हतियार राखिने ठाउँ) ड्युटीमा रहेका बेला विष्टले आफैँलाई टाउकोमा गोली प्रहार गरेका थिए ।

गोली लागेर गम्भीर घाइते भएका उहाँलाई तत्कालै उपचारका लागि महाकाली प्रादेशिक अस्पताल लगिए पनि उपचार हुन नसकेपछि कैलालीको निशर्ग अस्पतालमा उपचारार्थ भर्ना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077