Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

माधव नेपाल भन्छन् - प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली देशका लागि घाँडो हुन्छ

माधव नेपाल भन्छन् - प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली देशका लागि घाँडो हुन्छ

मंगलवार , माघ १५, २०८१

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली घाँडो हुने बताएका छन् ।

समाजवादी मोर्चाले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सो कुरा बताएका हुन् ।

उनले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिमा देशलाई लैजान नहुने बताए।

अध्यक्ष नेपालले भने, ‘प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली जस्तो घाँडो अरु के होला देशको हालत ? अहिले नेपालीहरू अमेरिकाबाट भागाभाग भइरहेको छ । केही चाहिँदैन, बोल्यो अनि पोल्यो !’

अध्यक्ष नेपालले विभिन्न देशमा राष्ट्रपतीय प्रणालीमा भएका समस्याहरु थाहा नपाएको भए एउटा गोष्ठी राखेर प्रस्ट पार्न सकिने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077