Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

सरकारले सदनमा पेस गरेको अध्यादेश पारित हुन्छ : कांग्रेस

सरकारले सदनमा पेस गरेको अध्यादेश पारित हुन्छ : कांग्रेस

बिहिवार , माघ २४, २०८१

काठमाडौं । नेपाली कांग्रेसले सरकारले सदनमा पेस गरेका अध्यादेशहरू स्वीकृत हुने जनाएको छ।

बिहीबार संसद् भवनमा बसेको संसदीय दलको बैठकपछि बोल्दै कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले उक्त कुरा बताएका हुन् ।

उनले जनता समाजवादी नेपालसहितको समर्थनमा सरकारले ल्याएका अध्यादेश संसद्बाट पारित हुने दाबी गरे ।

संसदीय दलको बैठकअघि कांग्रेसका नेताहरूले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गरेका थिए ।

प्रतिनिधि सभामा कांग्रेस र एमालेमात्रैको पनि बहुमत छ । तर राष्ट्रिय सभामा सत्तापक्षलाई बहुमत पुर्‍याउन ३ सांसद भएको जसपा नेपालको साथ चाहिन्छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077