Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

प्रतिनिधि सभामा आज अध्यादेश निर्णयार्थ पेस नहुने

प्रतिनिधि सभामा आज अध्यादेश निर्णयार्थ पेस नहुने

बिहिवार , माघ २४, २०८१

काठमाडौं । प्रतिनिधि सभा र राष्ट्रिय सभामा आज अध्यादेश निर्णयार्थ पेस नहुने भएको छ। संघीय संसद्मा सरकारले ल्याएका ६ वटा अध्यादेशहरू आज निर्णयार्थ पेस नहुने भएका हुन्।

राष्ट्रियसभामा देखिएको अंकगणित र जसपा नेपालसँगको छलफल बाँकी भएको भन्दै आज निर्णयार्थ पेस नहुने भएको बताईएको छ । सरकारले गत माघ १८ गते प्रतिनिधि सभा र राष्ट्रिय सभामा ६ वटा अध्यादेश पेस गरेको थियो।

ती अध्यादेश अस्वीकृत गर्न प्रतिनिधि सभामा प्रतिपक्षी दलका सांसदहरूले ५० र राष्ट्रिय सभामा १६ वटा अस्वीकृत प्रस्ताव दर्ता गरेका थिए।

संसद बैठक बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको थियो। तर अहिलेसम्म सुरू भएको छैन।

अध्यादेशका स्वीकार गर्न लागि प्रतिनिधि सभामा कांग्रेस र एमालेको मात्रै पनि बहुमत पुग्छ। तर राष्ट्रिय सभामा सत्ता पक्षलाई उपेन्द्र यादव नेतृत्वको जसपा नेपालका ३ सांसदको साथ चाहिन्छ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीसँग बिहीबार कुराकानी गरेका थिए।

जसपाले अध्यादेशबारे निर्णय गर्न ढिलाइ गर्दा सरकारले अध्यादेश निर्णयार्थ पेस गर्ने समय सार्न दुवै सदनलाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077