Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

रास्वपा सांसद सुमनाको प्रश्न - यो सरकारले युवाको आवाज सुन्छ ?

रास्वपा सांसद सुमनाको प्रश्न - यो सरकारले युवाको आवाज सुन्छ ?

बिहिवार , माघ २४, २०८१

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) की सांसद सुमना श्रेष्ठले संसद्‌मा दर्ता भएको सामाजिक सञ्जाल विधेयकमाथि प्रश्न उठाएकी छन् ।

प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद श्रेष्ठले सामाजिक सञ्जाल विधेयकबारे युवाहरूले आवाज उठाएको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराएकी हुन्।

बैठकमा बोल्दै सांसद श्रेष्ठले भनिन्,‘हिजोबाट सामाजिक सञ्जालमा प्रोटेस्ट सुरु भएको छ । सरकारले दर्ता गरेको सामाजिक सञ्जाल विधेयकबारे आवाज सुरु भएको छ । यो आवाजलाई सरकारले सुन्छ ? यो आवाज उठाउँदै गर्दा सरकारको ध्यानाकर्षण गराउँछु ।’

उनले युवाहरूलाई बोलाएर विधेयकबारे थप छलफल गर्न सुझाव पनि दिईन् । सबै सांसदहरूले युवाहरूको आवजलाई उठाउनपर्ने सांसद श्रेष्ठको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077