Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

प्रधानमन्त्री बन्नकै लागि केपी ओलीले दुनियाँलाई ठगे : माधव नेपाल

प्रधानमन्त्री बन्नकै लागि केपी ओलीले दुनियाँलाई ठगे : माधव नेपाल

शनिवार , माघ २६, २०८१

काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रधानमन्त्री बन्नकै लागि केपी शर्मा ओलीले दुनियाँलाई ठगेको आरोप लगाएका छन् ।

काठमाडौंमा पार्टीको उपत्यका प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीमाथि उक्त आरोप लगाएका हुन् ।

अध्यक्ष नेपालले केपी ओलीले आफू प्रधानमन्त्री बन्नकै लागि रातारात सरकार बदलेको बताउँदै अहिले त्यो कुरा पुष्टि भएको बताए ।

अध्यक्ष नेपालले केपी ओलीले प्रधानमन्त्री बन्नकै लागि संविधान संशोधनको कुरा गरेर ठगेको बताए ।

संविधान संशोधनलाई मुख्य एजेन्डा बनाएर सरकार परिवर्तन गरेको बताउने प्रधानमन्त्रीले अहिले ०८७ मा संविधान संशोधन हुन्छ भन्नु नै त्यसको प्रमाण भएको बताए ।

उनले अहिले संविधान संशोधनको विषय ०८७ को विषय बन्न पुगेको बताउँदै ०८४ र ०८७ बीचको अवधिमा प्रधानमन्त्री को बन्ने हो भन्दै अर्को प्रश्न पनि गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077