Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

सासुको हत्या गरेको आरोपमा बुहारी पक्राउ

सासुको हत्या गरेको आरोपमा बुहारी पक्राउ

बुधवार , माघ ३०, २०८१

धनुषा । आफ्नै बुहारीको कुटपिटबाट ६५ वर्षीया एक महिलाको मृत्यु भएको छ।

जनकनन्दनी गाउँपालिक- ५ उधा बस्ने ६५ वर्षीया समुन्द्रीदेबी मण्डलको हत्या गरेको आरोपमा उनकै बुहारी ३५ वर्षीया रक्षा कुमारी मण्डललाई प्रहरीले पक्राउ गरेको हो।

मंगलबार राति झगडा हुँदा रक्षा कुमारीले सासुलाई कुटपिट गरेको आरोप छ। घरायसी विवादको क्रममा भएको झगडामा कुटपिट हुँदा समुन्द्रीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय खजुरीबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न रक्षा कुमारीलाई पक्राउ गरेर अनुसन्धान अगाडी बढाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077