Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

आरजुको ‘फेक अडियो’ प्रकरणमा किन भएन अनुसन्धान ?

आरजुको ‘फेक अडियो’ प्रकरणमा किन भएन अनुसन्धान ?

सोमवार , फाल्गुण १२, २०८१

काठमाडौं । परराष्ट्रमन्त्री तथा कांग्रेस नेतृ आरजु देउवा राणालाई मुछेर नक्कली भुटानी शरणार्थी प्रकरणमा अडियो बाहिर आएपछि हंगामा भयो।

आरजुसम्म समेत सेटिङ मिलाएको भनेर बिचौलियाहरुले रेकर्ड गरेको अडियो करिब दुई वर्षअघि सार्वजनिक भएको थियो।

त्यस विषयमा आरजुले साइबर ब्यूरोमा उजुरी समेत दिएकी थिइन्। तर, हालसम्म पनि सो अडियो प्रकरणमा अनुसन्धान हुन सकेको छैन ।

प्रारम्भिक रुपमा आरजुको नाम लिएर कुराकानी भएको तर संलग्नता नदेखिएको प्रहरीले बताएको थियो । तर, कसले र किन त्यस्तो अडियो बनायो भन्नेमा अनुसन्धान हुन नसकेको हो।

आफ्नो बदनाम गर्ने उदेश्यले सो अडियो बनाएर सार्वजनिक गरिएको भन्दै उनले २७ बैशाख २०७९ मा साइबर ब्यूरोमा त्यसउपर छानविन गरी कारबाहीको माग गरी उजुरी दिएकी थिइन्।

अहिले आरजु सरकारमा छिन् । उनकै पार्टीका रमेश लेखक गृहमन्त्री छन्। आरजुकै निकट गोकर्णमणि दुवाडी गृहसचिव हुन् ।

उनको नाममा अडियो बनाएर प्रचार गर्नेहरुमाथि अझै अनुसन्धान हुन नसकेकोमा प्रहरीमाथि मात्र होइन गृहमन्त्री लेखकमाथि समेत प्रश्न उठेको छ ।

सो अडियोमा आरजुसँग कुरा मिलाइएको भनेर बोल्ने सन्देश शर्मा र रामकुमार रेग्मी हुन्। यस विषयमा उनीहरुसँग सोधपुछ गरेर सत्यतथ्य बाहिर ल्याउन काम हुन सकेको छैन।

शर्माले आरजुलाई मुछेर अडियो बनाउने योजनाअुनसार त्यो रेकर्ड गरिएको बताएका थिए। तर, को–को मिलेर यस्तो अडियो बनाए भन्ने अहिलेसम्म अनुसन्धान हुन सकेको छैन ।

अर्कोतर्फ सुन तस्करीमा संलग्न जीवन चलाउनेलाई पक्राउ नगरिएको विषयमा पनि प्रश्न उठिरहेको छ । ब्रेक सु लगायत सामानमा सुन लुकाएर तस्करी गर्ने दावा लामाको समूहसँग निकट भएर उनले काम गरेका थिए।

त्यतीबेला सिआइबीले उनीसँग सोधपुछ गरेकोमा केही प्रहरीले नै उनलाई फरार बनाएका थिए । जसमा केही प्रहरी अधिकारीमाथि कारबाही सिफारिस समेत भयो ।

तर, अहिलेको सरकारले समेत उनलाई पक्राउ गर्न चासो नदिएपछि गृह प्रशासनमाथि प्रश्न उठेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077