Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

लागूऔषध ट्रामाडोलसहित दुई जना पक्राउ

लागूऔषध ट्रामाडोलसहित दुई जना पक्राउ

सोमवार , फाल्गुण १२, २०८१

काठमाडौं । लागूऔषध नियन्त्रण ब्यूरोले ठुलो परिमाणमा लागूऔषध ट्रामाडोल क्याप्सुलसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ललितपुरको माहाङकाल नगरपालिका-४ बस्ने सुधिर लामिछाने र पर्साको महुवन गाँउपालिका-६ स्थायी घर भएका साईमन बनवारी रहेका छन्।

सुधिरको साथबाट ३०,००० ट्रामाडोल क्याप्सुल बरामद गरिएको प्रहरीले जनाएको छ ।

त्यस्तै, साइमनको साथबाट ५ लाख ३४हजार १०० ट्रामाडोल क्याप्सुल बरामद गरिएको प्रहरीले जनाएको छ ।

व्यूरोका अनुसार काठमाडौं उपत्यकामा ठूलो परिमाणमा नियन्त्रित मनोद्दीपक पदार्थ बिक्री वितरण गर्न योजनाबद्ध रूपमा लुकाएर राखिएको थियो।

पक्राउ परेकामाथि लागूऔषध (नियन्त्रण) ऐन २०३३ अन्तर्गत मुद्धा दर्ता गरी काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077