Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

सुनको व्यापार गर्ने भारतीय बुवा–छोरीविरुद्ध ५४ करोडको सम्पत्ति शुद्धीकरण मुद्दा

सुनको व्यापार गर्ने भारतीय बुवा–छोरीविरुद्ध ५४ करोडको सम्पत्ति शुद्धीकरण मुद्दा

सोमवार , फाल्गुण १२, २०८१

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले भारतीय नागरिक अशोककुमार सिन्हा र उनकी छोरी निवेदिका सिन्हाविरुद्ध ५३ करोड ९८ लाख रुपैयाँ विगो कायम गरी मुद्दा दायर गरेको छ।

उनीहरूलाई राजस्व चुहावट गरी अवैध सम्पत्ति आर्जन गरेको आरोपमा उच्च अदालत जनकपुर अस्थायी इजलास, वीरगञ्जमा मुद्दा दर्ता गरिएको हो ।

विभागका अनुसार, बुवा–छोरीले अवैध रकम नेपाली बैंकहरूमा जम्मा गरी लाभ लिने तथा सम्पत्तिको स्वरूप परिवर्तन गर्ने कार्य गरेका छन्।

विभागले अशोककुमारलाई ३४ करोड २४ लाख रुपैयाँ र निवेदिकालाई १९ करोड ७३ लाख रुपैयाँ विगो कायम गरी सो रकमको दोब्बर जरिवाना तथा कैद सजाय माग गरेको छ।

साथै, उनीहरूको बैंक मौज्दात, जग्गा, अपार्टमेन्ट खरिदका लागि दिएको पेस्की रकम जफत गर्न माग गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077