Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

भारतीय सेनाका ६ जना पूर्वस्थल सेनाध्यक्ष नेपालमा

भारतीय सेनाका ६ जना पूर्वस्थल सेनाध्यक्ष नेपालमा

मंगलवार , फाल्गुण १३, २०८१

काठमाडौं । भारतका ६ जना पूर्वस्थल सेनाध्यक्ष काठमाडौं आइपुगेका छन् ।

नेपाली सेनाको निमन्त्रणामा महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६२औँ वार्षिकोत्सवको अवसरमा आयोजना हुने कार्यक्रममा सहभागी हुन उनीहरू मंगलबार काठमाडौं आएका हुन् ।

नेपाल आएका भारतका ६ पूर्वस्थल सेनाध्यक्षमा जोगिन्दर जसवन्त सिंह, दीपक कपुर, विजयकुमार सिंह, दलवीर सिंह सुहाग, मनोज मुकुन्द नरवणे र मनोज पाण्डे छन् ।

उनीहरूलाई विभिन्न ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलहरूको समेत भ्रमण गराउने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077