Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

टुँडिखेलमा मनाइयो सेना दिवस

टुँडिखेलमा मनाइयो सेना दिवस

बुधवार , फाल्गुण १४, २०८१

काठमाडौं । नेपाली सेनाले आफ्नो स्थापनाको २६२ औँ वार्षिकोत्सवका अवसरमा सेना दिवस मनाएको छ।

शिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा भव्य रुपमा सेना दिवस मनाएको हो।

सैनिक मञ्च टुँडिखेलमा विविध सैनिक कला, सांस्कृतिक एवं साङ्गीतिक प्रस्तुतिका साथ सेना दिवस मनाइएको छ ।

कार्यक्रममा सैनिक हवाई महानिर्देशनालयले हेलिकप्टरबाट सेना दिवसको ब्यानर प्रदर्शन, गण तथा गुल्महरूबाट मार्चपास, कवाज प्रदर्शन, प्यारा तालिम शिक्षालयका अधिकृत तथा जवानले हवाईजहाजबाट फ्रि-फल जम्प प्रदर्शन गरेका थिए ।

कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली र सेनाका उच्च ओहदाका व्यक्तित्वहरुको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077