Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

विमानस्थलबाट झण्डै ४ केजी सुनसहित विदेशी नागरिक पक्राउ

विमानस्थलबाट झण्डै ४ केजी सुनसहित विदेशी नागरिक पक्राउ

बिहिवार , फाल्गुण १५, २०८१

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन किलो ४७५ ग्राम सुनसहित चार विदेशी नागरिक पक्राउ परेका छन् ।

गएराति दुबईबाट फ्लाइ दुवईको उडानमार्फत आएका ३ महिला र एक जना पुरुषलाई विमानस्थल सुरक्षा कार्यालयले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा अख्माद जानोभना दिलफुजा मारिफअलिभ, इजराइलोभना साओदत फेजिभा, गुलाम्दजानोभन उमिद अख्मेदोभ र सरदोर त्रुस्अनोभ छन् ।

अध्यागमनको जाँचपास गरेर बाहिर आइसकेपछि उनीहरु पक्राउ परेका हुन् । अध्यागमनको जाँचपास भइसकेपछि प्रहरीको टर्मिनल गेटमा आएका उनीहरुलाई शंका लागेर जाँच गर्दा सुन बरामद भएको हो ।

उनीहरुले मलद्वारमा लुकाएर ल्याएको अवस्थामा प्रहरीले ३ किलो ७४५ ग्राम सुन बरामद गरेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077