Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

दुई प्रहरी विधेयकमा एक सयभन्दा बढी संशोधन दर्ता

दुई प्रहरी विधेयकमा एक सयभन्दा बढी संशोधन दर्ता

शुक्रवार , फाल्गुण १६, २०८१

काठमाडौँ । प्रतिनिधि सभामा विचाराधीन नेपाल प्रहरी र सशस्त्र प्रहरीका दुई विधेयकमा एक सयभन्दा बढी संशोधन दर्ता भएका छन् ।

व्यक्तिगत र सामूहिक गरी दुई विधेयकमा ११६ वटा संशोधन दर्ता भएका हुन् ।

नेपाल प्रहरी विधेयकउपर ५२ र सशस्त्र प्रहरीको विधेयकमा ६४ संशोधन दर्ता भएका हुन् । सशस्त्रको विधेयकमा संशोधन दर्ताको समयसीमा बिहीबार साँझसम्म थियो ।

प्रतिनिधि सभा विधेयक शाखाका उपसचिव त्रिविक्रम पराजुलीले बिहीबार तोकिएको समयसीमामा सशस्त्र प्रहरी विधेयकमा ६४ संशोधन दर्ता भएको जानकारी दिए । दुवै प्रहरी विधेयकमा प्रस्तावनादेखि नै संशोधन दर्ता भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077