Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

शिवरात्रीमा पशुपति क्षेत्रबाट मोबाइल चोरी गर्ने दुई जना पक्राउ

शिवरात्रीमा पशुपति क्षेत्रबाट मोबाइल चोरी गर्ने दुई जना पक्राउ

शुक्रवार , फाल्गुण १६, २०८१

काठमाडौं । शिवरात्रीको अवसरमा पशुपति क्षेत्रबाट भक्तजनहरूको मोबाइल चोरी गर्ने दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेहरुमा गोरखाका ३१ वर्षीय बिजय मगर र ३४ वर्षीय अभिषेक गुरुङ रहेका छन् ।

अस्थायी प्रहरी विट गुम्बा बालाजु प्रहरीले १० थान मोबाइलसहित उनीहरुलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनीहरुलाई काठमाडौं १६ बालाजु बसन्तनगर गुम्बा नजिकबाट महाशिवरात्रीकै दिन राति नियन्त्रणमा लिएको थियो।

प्रहरीले १० वटा विभिन्न कम्पनीको मोवाइलसहित नगद चार हजार रुपैयाँ र पछाडि भिर्ने कालो रंगको झोला समेत उनीहरुको साथबाट बरामद गरेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077