Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

प्रहरी कार्यालयमै झुन्डिएर आत्महत्याको धम्की दिने तीनजना पक्राउ

प्रहरी कार्यालयमै झुन्डिएर आत्महत्याको धम्की दिने तीनजना पक्राउ

शुक्रवार , फाल्गुण १६, २०८१

मोरङ । जिल्ला प्रहरी कार्यालयमा मोरङ परिसरमा नाराबाजी गरेको भन्दै प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा बिहीबार भएको झडपपछि नेपाल विद्यार्थी सङ्घको संस्थापन इतर समूहका विद्यार्थीले न्याय नपाएको भन्दै प्रहरी कार्यालय परिसरमै उत्तेजित नारा लगाएका थिए ।

उनीहरुले प्रहरी कार्यालयमा नै आएर अन्याय गर्नेलाई पक्राउ नगरे यही झुन्डिएर आत्महत्या गर्छौंजस्ता नारा लगाएका थिए ।

पक्राउ परेकाहरूको नाम प्रहरीले सार्वजनिक गरेको छैन । तर पक्राउ पर्नेमा सविन दाहाल, गुड्ड साह र चन्द्र गौतम रहेको नेविसङ्घका विद्यार्थीहरूले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077