Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

नेपाल प्रहरी र सशस्त्र प्रहरी विधेयक दुई तिहाइको दम्भले पारित गर्नु हुन्नँ : सांसद साउद

नेपाल प्रहरी र सशस्त्र प्रहरी विधेयक दुई तिहाइको दम्भले पारित गर्नु हुन्नँ : सांसद साउद

शनिवार , फाल्गुण १७, २०८१

पोखरा । नेपाली कांग्रेसका सांसद एनपी साउदले सुरक्षा निकायजस्ता संस्थाहरूका बारेमा सरकार दुई तिहाइको दम्भमा बस्न नहुने बताएका छन् ।

नेपाल भूतपूर्व सैनिक संघले शनिबार पोखरामा आयोजना गरेको कार्यक्रममा पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका साउदले यस्तो बताएका हुन् ।

उनले सुरक्षा निकायसँग सम्बन्धित कानुन निर्माण गर्दा संसद्को अंकगणितीय बल प्रयोग गर्न नहुने बताए । दूरगामी असर पार्ने कानुनको निर्माण गर्दा संसद्‌मा गम्भीर छलफल हुनुपर्ने उनको माग छ ।

‘सुरक्षा निकायजस्तो गम्भीर विषयसँग सम्बन्धित विधेयक दुई तिहाइको सरकारले ल्याउँदा १०० भन्दा बढी सांसदले संशोधन हालिसकेका छन्,' उनले भने, ‘सरकारले ल्याएको विधेयकमा सांसदको प्रारम्भिक तत्कालै भएको छ । सुरक्षा निकायजस्ता संस्थाहरूका बारेमा सरकार दुई तिहाइको दम्भमा बस्नु हुँदैन ।’

सुरक्षा निकायलाई कमजोर पार्न, सुरक्षा निकायको ‘चेन अफ कमान्ड’ कमजोर हुनेगरी निजमती प्रशासनमा सञ्चालनको अधिकार दिन नहुने पनि उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077