धनुषा । नेकपा (माओवादी केन्द्र) को जनतासँग माओवादीः तराई–मधेश जागरण अभियान अन्तरगतको कार्यक्रम आज धनुषामा हुँदैछ ।
त्यसका लागि पार्टी अध्यक्ष प्रचण्डसहितका नेताहरु शनिबार सिरहाको कार्यक्रम सकेर धनुषा आइपुगेका हुन् ।
अभियान अन्तरगत धनुषाका केही कार्यक्रमहरु तय भएको माओवादीले जनाएको छ ।
फागुन १२ गते झापाबाट सुरु भएको अभियानको स्वरूप जनसभा, चोकसभा, अन्तर्क्रिया, जनभेटघाट आदि रहेका छन् ।