Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

किन हेरफेर भयो माओवादी अभियानको कार्यतालिका ?

किन हेरफेर भयो माओवादी अभियानको कार्यतालिका ?

आइतवार , फाल्गुण १८, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रले दोस्रो पटक ‘जनतासँग माओवादीः तराई–मधेस जागरण अभियान’ सम्बन्धी कार्य तालिका हेरफेर गरेको छ ।

महोत्तरीदेखिका कार्यक्रमको समय तालिका परिवर्तन गरिएको हो । पार्टीको आन्तरिक विषय मिलाउन कार्यतालिका सामान्य हेरफेर गरिएको बताइउको छ ।

स्थानीय पर्व तथा पार्टीका विभिन्न जनसंगठनका भेला लगायतका अन्य कार्यक्रम परेका कारण अभियानको कार्यतालिका संशोधन गरिएको छ ।

संशोधित कार्यतालिका अनुसार महोत्तरीमा फागुन २२ गते अभियान भएर सर्लाहीमा फागुन २३, रौतहटमा फागुन २४, बारामा फागुन २५, पर्सामा फागुन २६, चितवनमा फागुन २७ गते अभियान सञ्चालन हुनेछ ।

त्यसपछि नवलपुर (नवलपरासी पूर्व) मा चैत्र २, परासी (नवलपरासी पश्चिम) मा चैत्र ३, रुपन्देहीमा चैत्र ४, कपिलवस्तुमा चैत्र ५, दाङमा चैत्र ६, बाँकेमा चैत्र ७ र बर्दियामा चैत्र ८ गते अभियान सञ्चालन हुनेछ ।

चैत ९ गते समाजवादी मोर्चाको जनकपुरमा जनसभा हुने तय भएकाले सो दिन अभियान सञ्चालन नहुने माओवादीले जनाएको छ ।

यसैगरी कैलालीमा चैत्र ११ गते र कञ्चनपुरमा चैत्र १२ अभियान सञ्चालन भएर सकिनेछ । यसअघि चैत ७ मै सकिने भनिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077