Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

गोठाटार गोली काण्डमा संलग्न भारतीय सुटरमाथि प्रहरीले हान्यो गोली !

गोठाटार गोली काण्डमा संलग्न भारतीय सुटरमाथि प्रहरीले हान्यो गोली !

आइतवार , फाल्गुण १८, २०८१

काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले भारतीय सुटर गुड्डु पटेललाई गोली हानी पक्राउ गरेको छ ।

दुई वर्षअघि गोठाटारमा मारिएका लाल मोहम्मद प्रकरणका फरार आरोपी पटेललाई आइतबार प्रहरीले काठमाडौंको टोखाबाट पक्राउ गरेको हो ।

काठमाडौंको मनोहरा नगरपालिकास्थित गोठाटारमा मोहम्मदको गोली हानी हत्या गरिएको थियो । मोहम्मदको हत्या किन भएको थियो भन्ने बारेमा प्रहरीले त्यसबेलादेखि नै तीन जनालाई पक्रा गरी अनुसन्धान जारी राखेको थियो ।

प्रहरीले मोहम्मदलाई गोली हान्ने व्यक्ति गुड्डु पटेल भएको भन्दै खोजी जारी राखेको थियो । उनी नेपाल आएको थाहा पाएर पिछा गरिरहँदा पटेलले प्रहरीलाई नै आक्रमण गरेपछि गोली चलाउनु परेको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीमाथि तीन राउण्ड गोली चलाएको थियो । गोली लागेर घाइते भएका उनलाई प्रहरीले उपचारका लागि अस्पताल लगेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077