Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

एमालेले भन्यो - सबैसँग समन्वय गरी पाथीभरा केबलकार निर्माण अघि बढाउनुपर्छ

एमालेले भन्यो - सबैसँग समन्वय गरी पाथीभरा केबलकार निर्माण अघि बढाउनुपर्छ

आइतवार , फाल्गुण १८, २०८१

काठमाडौं । नेकपा एमालेले ताप्लेजुङको पाथीभरा केबलकार निर्माणका क्रममा उत्पन्न विवाद समाधान गर्न स्थानीय जनप्रतिनिधि, प्रशासन र सरोकारवालासँग छलफल गरी प्रक्रिया अघि बढाउनुपर्ने निष्कर्ष निकालेको छ ।

आइतबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको एमाले केन्द्रीय सचिवालय बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

केबलकार निर्माणका विषयमा उत्पन्न विवाद समाधानका लागि सम्वद्ध पक्षहरूसँग समन्वय गर्नुपर्ने निर्णय गरेको बताइएको छ ।

बैठकपछि महासचिव शंकर पोखरेलले स्थानीय जनप्रतिनिधि, प्रशासन र सरोकारवाला समूहहरूसँग छलफल गरेर समस्या समाधान गर्नुपर्ने बताए। उनका अनुसार पार्टीले केबलकार निर्माण प्रक्रियालाई सहज बनाउन सकारात्मक भूमिका खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077