Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

चैत्रभित्र स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण दिने एमालेको निर्णय

चैत्रभित्र स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण दिने एमालेको निर्णय

आइतवार , फाल्गुण १८, २०८१

काठमाडौं । नेकपा एमालेले स्थानीय तहका जनप्रतिनिधिको भेला चैतमहिनाभित्र गर्ने भएको छ ।

आइतबार पार्टी कार्यालय च्यासलमा बसेको पार्टीको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।

महासचिव शंकर पोखरेलले स्थानीय तहका प्रमुख/अध्यक्ष तथा उपप्रमुख/उपाध्यक्षहरूको कार्यशाला आगामी चैत महिनाभित्र सम्पन्न गर्ने निर्णय गरेको जानकारी दिए ।

कार्यशालामा जनप्रतिनिधिलाई वर्तमान राजनीतिक परिस्थिति,स्थानीय तहको अधिकार, कार्यक्षेत्र, जनप्रतिनिधि र पार्टीबीचको सम्बन्ध, पार्टीको निर्देशन एवम् बटमलाइन, आगामी नीति कार्यक्रम, कानुन र बजेट निर्माण, उत्पादन र रोजगारीलगायत विषयमा प्रशिक्षण दिइनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077