Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

खाँणले देउवा छाड्दै, कोइरालालाई खुलेरै समर्थन !

खाँणले देउवा छाड्दै, कोइरालालाई खुलेरै समर्थन !

सोमवार , फाल्गुण १९, २०८१

रुपन्देही । नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले पार्टी संस्थापन समूहको साथ छाड्ने संकेत गरेका छन् । आइतबार रुपन्देहीको तिलोत्तमामा आयोजित कार्यक्रममा नेता खाँणले सो संकेत गरेका हुन् ।

उनी सभापति शेरबहादुर देउवाका प्रिय पात्रको रुपमा चिनिन्थेँ । लामो समय देउवाको साथमा रहेका थिए । तर भुटानी शरणार्थी प्रकरणमा थुनिएको बेला उनले देउवाको साथ पाएका थिएनन् ।

सोही विषयमा उनी देउवासँग असन्तुष्टि जनाउँदै आएका छन् । उनी धरौटीमा छुटेपछि पनि संस्थापन समूहका नेताहरु भन्दा इतर पक्षका नेताहरुसँग सम्बन्ध बढाउँदै लगेको थिए ।

उनी जेलमा रहँदा पनि इतर समूहका नेता डा. शेखर कोइरालाले सहयोग गरेको दाबी गरिन्छ । आइतबार नेता खाँणको गृहनगर रुपन्देहीको तिलोत्तमामा आयोजित कार्यक्रममा डा. शेखर कोइराला र डा. मिनेन्द्र रिजाललाई सँगै राखेर अब कहिल्यै साथ नछाड्ने घोषणा गरेका हुन् ।

नेता खाँणले घुमाउरो पारामा अब देश चलाउन सक्नेलाई पार्टीको जिम्मेवारी दिनुपर्ने अवस्था आएको बताउँदै शेखर कोइरालातर्फ संकेत गरेका थिए । उनले अबका दिनमा दुवै डाक्टरहरुलाई साथ दिने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077