Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

७७ वटै जिल्लामा प्रभु बैंकको सेवा विस्तार, दार्चुलाको महाकालीमा ३१२औं शाखा सञ्चालन

७७ वटै जिल्लामा प्रभु बैंकको सेवा विस्तार, दार्चुलाको महाकालीमा ३१२औं शाखा सञ्चालन

सोमवार , फाल्गुण १९, २०८१

दार्चुला । प्रभु बैंक लिमिटेडको सेवा देशका ७७ वटै जिल्लामा बिस्तार भएको छ । फागनु १८ गते आइतबार दार्चुला शाखा कार्यालय सञ्चालनमा आएसँगै देशका ७७ वटै जिल्लामा सेवा बिस्तार भएको हो ।

सुदुर पश्चिम प्रदेशको दार्चुला जिल्ला महाकाली नगरपालिका वडा नं. ०४ स्थित खलंगामा बैंकको ३१२औं शाखा कार्यालय सञ्चालनमा आएको हो ।

शाखा सञ्जाल विस्तार गर्दै देशका विभिन्न ठाउँहरुमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरिरहेको बैंकले जनाएको छ ।

बैंकद्वारा जारी विज्ञप्तिमा भनिएको छ–‘प्रभु बैंकको यो अभियानले देशैभर बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकरात्मक टेवा पुगेकोे छ ।’

बैंकको दार्चुला शाखा कार्यालयको समुद्घाटनको क्रममा बैंकका सुदुर पश्चिम प्रदेश कार्यालयका प्रमुख व्यापारिक केन्द्र अधिकृत, कर्णाली प्रदेश प्रमुख लगायत स्थानीय बासिन्दा, सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।

विज्ञप्तिमा भनिएको छ–‘बैंकको दार्चुला शाखा कार्यालय सञ्चालनमा आए पश्चात् स्थानीय बासिन्दा, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनुहुनेछ र प्रभु बैंकको दार्चुला शाखा सञ्चालनमा आएबाट यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा महत्वपूर्ण टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077