Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

राम्रो काम गर्दा पनि प्रधानमन्त्री ओलीमाथि घेराबन्दी भइरहेको छ : शंकर पोखरेल

राम्रो काम गर्दा पनि प्रधानमन्त्री ओलीमाथि घेराबन्दी भइरहेको छ : शंकर पोखरेल

सोमवार , फाल्गुण १९, २०८१

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राम्रो काम गर्दा पनि सरकारमाथि घेराबन्दी भइरहेको बताएका छन् ।

‘केपी शर्मा ओलीः सपना, संघर्ष र संकल्प’पुस्तक लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले सो कुरा बताएका हुन् ।

उनले केपी शर्मा ओलीले प्रधानमन्त्री भएर राष्ट्रको जीवनमा असाधारण काम गरेको दाबी गरे ।

ओली प्रधानमन्त्री हुँदा नाकाबन्दीको सामना गरेको स्मरण गर्दै महासचिव पोखरेलले भने, ‘नाकाबन्दीको सामना गर्ने कुरो होस् चाहे नयाँ नक्सा प्रकाशित गर्ने कुरा होस् । चाहेन जनामा मुर्झाएका सपनालाई जागृत गरेर विकास र समृद्धिको बाटामो मुलुकलाई अगाडि बढाउने कुरा हो ।’

राष्ट्रियताको प्रश्नमा दिशा निर्देश गर्ने कुरामा पनि अग्र स्थानमा रहेपनि अहिले प्रहार र घेराबन्दी भइरहेको बताए ।

उनले सामाजिक सञ्जालमा समाजमा सबैभन्दा धेरै आलोचनाको पात्रको रुपमा केपी ओलीलाई चित्रण गराइएको भन्दै आपत्ति जनाए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077