Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

सालकको खपटासहित माछापोखरीबाट दुई जना पक्राउ

सालकको खपटासहित माछापोखरीबाट दुई जना पक्राउ

सोमवार , फाल्गुण १९, २०८१

काठमाडौं । प्रहरीले काठमाडौंको माछापोखरीबाट सालकको खपटासहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-६ जोरपाटी बस्ने २९ वर्षीय उमेश तामाङ र तारकेश्वर नगरपालिका-७ संगम फाँट बस्ने ३० वर्षीय मोहन पुलामी मगर रहेका छन्।

माछापोखरीमा अवैध रूपमा वन्यजन्तु सालकको खपटा खरिदबिक्री भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त, बालाजुबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय काठमाडौं पठाइएको छ ।

उनीहरूको साथबाट खैरो/नीलो/फिक्का रातो/सेतो मिश्रित रङको झोला एक थान, सालकको खपटाजस्तो देखिने वस्तु ७७० ग्राम, जिओनी कम्पनीको मोबाइल एक थान र प्रो कम्पनीको किप्याड मोबाइल एक थान बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077