Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

सप्तरी प्रहरीको अप्रेसन : २४ क्विन्टल गाँजा र १४२ कार्टुन अवैध स्याउ बरामद

सप्तरी प्रहरीको अप्रेसन : २४ क्विन्टल गाँजा र १४२ कार्टुन अवैध स्याउ बरामद

सोमवार , फाल्गुण १९, २०८१

सप्तरी । प्रहरीले राजविराज नगरपालिका–९ मलेठबाट ठूलो मात्रामा लागूऔषध गाँजासहित अन्य अवैध सामान बरामद गरेको छ।

आज सप्तरी प्रहरीले २४ क्विन्टल १९.५ किलोग्राम लागूऔषध गाँजा, १४२ कार्टुन अवैध स्याउ तथा हार्डवेयर सामग्री बरामद गरेको हो ।

मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी शान्तिराज कोइरालाका अनुसार गोप्य सूचनाका आधारमा सप्तरीका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक, तथा सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी उपरीक्षकको नेतृत्वमा विशेष टोली परिचालन गरी छापा मारेको थियो ।

गोदाम घरको बाहिरी गेटमा ताल्चा लगाएको अवस्थामा गोदामको कम्पाउन्डभित्र दुई ट्रकमा पल्टी गरिएका १४२ कार्टुन स्याउ समेत बरामद भएको हो ।

प्रहरीका अनुसार घटनास्थलबाट बीआर शून्य जेबी ९७३५ नम्बरको सेतो स्कारपियो, डब्लु बी ७४ एम १५५८ नम्बरको मारुती कार खाली अवस्थामा फेला परेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077