Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

दुबईमा बसेर हुन्डीको कारोबार गर्ने पौडेल सिआइबीको खोजीमा

दुबईमा बसेर हुन्डीको कारोबार गर्ने पौडेल सिआइबीको खोजीमा

सोमवार , फाल्गुण १९, २०८१

काठमाडौं। दुबईमा बसेर हुन्डी तथा क्रिप्टो कारोबारमा संलग्नहरुमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले अनुसन्धान थालेको छ। हालै पक्राउ परेको माइकल डगौराको समूहमा दुबईमा बस्ने नेपालीहरु समेत भेटिएका छन्।

सिआइबी स्रोतका अनुसार बिनोद पौडेल र शेरबहादुर खत्रीको संलग्नता पुष्टि भएको छ । पक्राउ परेका माइकलकै बयानमा पनि अभौतिक मुद्राको कारोबारमा उनीहरुको संलग्नता रहेको उल्लेख छ ।

एक अर्ब ८७ करोड ६५ लाख ३० हजार बराबरको क्रिप्टो तथा हुन्डीको कारोबार गरेको अभियोगमा मुद्दा दायर भइसकेको छ । सात जना जेल चलान भइसकेका छन्।

सिआइबीले दोस्रो चरणमा यो गिरोहका थप व्यक्तिमाथि अनुसन्धान गरिरहेको छ ।

जसमा दुबईमा रहेका विनोद पौडेल, शेरबहादुर खत्री तथा अमेरिकामा रहेका आशिष चौलागाई लगायतको पनि संलग्नता खुलेको छ ।

अनुसन्धानमा आबद्ध सिआइबीका एक अधिकारीका अनुसार उनीहरुले नेपालमा महिनामै करोडौंको हुन्डी कारोबार गर्दै आएका थिए। पौडेल लामो समयदेखि दुबईमा बसेर यस्तो काम गर्दै आएको सिआइबीले पत्ता लगाएको छ ।

अनुसन्धानमा आफ्नो धन्दा खुलेपछि उनी मुद्दा रोक्न चलखेलमा लागिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077