Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

ऋषि धमलाले १० लाखको चेक दिए, खातामा रकम हालेनन्

ऋषि धमलाले १० लाखको चेक दिए, खातामा रकम हालेनन्

मंगलवार , फाल्गुण २०, २०८१

काठमाडौं । नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेश समितिले दिवंगत पत्रकार श्यामसुन्दर पुडासैनीको पारिश्रमिक वापतको करिब २२ लाख रुपैयाँ प्राइमटाइम्स टेलिभिजनले अझै भुक्तानी नगरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

महासंघका महासचिव अशेष अधिकारीले सोमबार जारी गरेको विज्ञप्तिमा श्रमजीवी पत्रकारको मेहनतको मूल्य मृत्युपछि समेत नपाउनु अत्यन्त दुःखद विषय भएको उल्लेख गरिएको छ ।

प्राप्त विवरणअनुसार, टेलिभिजनका लेखा अधिकृतसँग भएको संवादमा २२ लाखमध्ये १७ लाख रुपैयाँ भुक्तानी गर्ने सहमति भएको भए पनि सो रकममध्ये विभिन्न समयमा १० लाख रुपैयाँको चेक दिएको तर खातामा रकम नहाल्दा भुक्तानी लिन नसकिएको उल्लेख छ।

महासंघले टेलिभिजनका सञ्चालक तथा पत्रकार ऋषि धमलाको नेतृत्वमा सञ्चालित संस्थाबाट यस्तो व्यवहार हुनु झन् दुःखद भएको बताउँदै पटक–पटक स्वर्गीय पुडासैनीका दाजुलाई भुक्तानी दिने आश्वासन दिए पनि हालसम्म रकम नपुगेकोप्रति खेद व्यक्त गरेको छ।

'दिवंगत पुडासैनीको श्रमको पारिश्रमिक यथाशीघ्र उनको परिवारलाई हस्तान्तरण गरियोस्,' महासंघले चेतावनी दिँदै भनेको छ,'अन्यथा, महासंघ कडा आन्दोलनसहित मैदानमा उत्रनेछ ।'

गत पुस महिनामा नियमित काम सकेर कोठा गएका पुडासैनी कोठामै ढलेका थिए । उनलाई हेल्पिङ हन्ड्स अस्पताल पुर्याइएको थियो । अस्पतालमा चिकित्सकहरूले उनलाई मृत घोषित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077