Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

अछामलाई माओवादीले लुट्यो : मेयर बोहरा

अछामलाई माओवादीले लुट्यो : मेयर बोहरा

मंगलवार , फाल्गुण २०, २०८१

अछाम । नेकपा एमालेका नेता तथा मंगलसेन नगरपालिकाका मेयर पदम बहादुर बोहराले अछामलाई माओवादीले लुटेको टिप्पणी गरेका छन् ।

सोमबार अछाम दरबारको उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् । उनले अछामलाई भोट, जुम्ला, डोटी र माओवादीले लुटेको बताए ।

उनले अछम दरबारको इतिहासको बारे चर्चा गर्दै भने, 'अछामलाई भोटले लुट्यो, जुम्लाले लुट्यो, डोटीले लुट्यो, माओवादीले लुट्यो, यो लुट्दै जाँदा सुनको चिढिया हो ।'

साथै उनले अछाममा विकासका धेरै सम्भावना भएपनि केन्द्र सरकारको नजर नगएको बताए । उनले अछाममा बजेटको हावा मात्रै पुग्ने गरेको बताए ।

अछामी कुवाँभित्रको भ्यागुत्ता भएको उनको भनाई थियो । साथै उनले नगरपालिकाको तर्फबाट सहरी विकासमन्त्री प्रकाशमान सिंहलाई माग पत्र बुझाएका थिए ।

तर यता अछामलाई माओवादीले लुट्यो भन्ने मेयरको अभिव्यक्तिप्रति माओवादीका नेताहरुले विरोध गरेका छन् । उनीहरुले मेयरको अभिव्यक्ति खेदजनक भएको बताएका छन् ।

सशस्त्र द्वन्द्वका क्रममा ०५८ फागुन ४ गते तत्कालीन नेकपा (माओवादी) ले अछाम आक्रमणका क्रममा ध्वस्त पारिदिएको दरबार पुनर्निर्माणपछि सोमबार प्रकाशमान सिंहले उद्घाटन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077