Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

भ्रष्टाचार मुद्धामा रोल्पाका तत्कालीन ट्राफिक प्रमुख बुढाथोकी दोषी ठहर

भ्रष्टाचार मुद्धामा रोल्पाका तत्कालीन ट्राफिक प्रमुख बुढाथोकी दोषी ठहर

मंगलवार , फाल्गुण २०, २०८१

काठमाडौं । रोल्पाका तत्कालीन ट्राफिक प्रहरी प्रमुख सई ललितकुमार बुढाथोकी भ्रष्टाचार कसुरमा दोषी ठहर भएका छन् ।

विशेष अदालतका न्यायाधीश तेजनारायण सिंह राई, रामबहादुर थापा र मरारीबाबु श्रेष्ठको इजलासले सई बुढाथोकीलाई दोषी ठहर गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बुटवलको सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले सई बुढाथोकीलाई घुससहित रंगेहात १७ मंसिरमा पक्राउ गरेको थियो ।

उनलाई २५ हजार घुससहित पक्राउ गरिएको थियो । उनले सवारी आवतजावत सहजीकरण गरिदिने भन्दै २५ हजार रुपैयाँ घुस लिएको अख्तियारको भनाइ थियो ।

उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार कसुरमा मुद्दा दायर भएकोमा विशेष अदालतले दोषी ठहर गरेको हो ।

उनलाई बिगो बराबरको २५ हजार जरिवाना, १ हजार क्षतिपूर्ति र ३ महिना कैदको फैसला सुनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077