Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

मकवानपुरबाट सेतो हेरोइनसहित दुई भारतीय पक्राउ

मकवानपुरबाट सेतो हेरोइनसहित दुई भारतीय पक्राउ

मंगलवार , फाल्गुण २०, २०८१

मकवानपुर । मकवानपुरमा सेतो हेरोइनसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सवारी जाँचको क्रममा पश्चिम मकवानपुरको मनहरी गाउँपालिका-७ बाट उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतको झारखण्ड ग्राम पथेल थाना राजपुरका सवारी चालक सञ्जय माझी र गया बिहारका रामदुलार कुमार रहेका छन् ।

प्रहरी गस्तीको क्रममा मनहरी-७ को भित्री सडक खण्डमा भारतीय नम्बर जेएच ०३ भी ०५३९ नम्बरको स्करपियो जाँच गरेको थियो ।

सोही क्रममा उनीहरुको साथबाट २० ग्राम ६३० मिलिग्राम सेतो हेरोइन बरामद गरिएको मकवानपुर प्रहरीले जनाएको छ । उनीहरुलाई ८ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077