Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

फेवातालमा फसेका तीन जनाको सशस्त्र प्रहरीले गर्‍यो सकुशल उद्वार

फेवातालमा फसेका तीन जनाको सशस्त्र प्रहरीले गर्‍यो सकुशल उद्वार

मंगलवार , फाल्गुण २०, २०८१

कास्की । पोखराको फेवातालमा फसेका तीन जनाको सशस्त्र प्रहरीले सकुशल उद्दार गरेको छ ।

मंगलबार एक्कासी आएको हावाहुरीका कारण बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–२ बस्ने ४३ वर्षिय राजन उप्रेती, ४५ वर्षिय केशव दाहाल र ४७ वर्षिय विष्णुहरी दाहाल फेवातालमा प्याडल बोटमा बोटिङ्ग गरिरहेको अवस्थामा फसेका थिए ।

जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट फेवाताल रेस्क्यु टावरमा खटिएको सुरक्षा फौजले मोटर बोटको सहायताले उनीहरुको सकुशल उद्दार गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077