Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

मलङ्गवाबाट स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ

मलङ्गवाबाट स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ

बुधवार , फाल्गुण २१, २०८१

सर्लाही । प्रहरीले सर्लाहीको मलङ्गवाबाट स्रोत नखुलेको रकमसहित दुई जनालाई पक्राउ गरेका छन् ।

पक्राउ पर्नेमा गोडैता नगरपालिका–५, रामवनका ३८ वर्षीय मनोजकुमार गुप्ता र उनका भाइ ३५ वर्षका भगवान गुप्ता रहेका छन्।

गुप्ता दाजुभाइको साथबाट सात लाख २८ हजार ९०० रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

सर्लाही प्रहरीका अनुसार बीआर ३० एन २२३० नम्वरको मोटरसाइकलमा भारत तर्फबाट आउँदै गरेका गुप्ता दाजुभाइलाई मलङ्गवा नगरपालिका–८, स्थित गोरखकाली प्रहरी चौकी अगाडिबाट पक्राउ गरिएको हो।

गुप्ता दाजुभाइको साथबाट विभिन्न बैङ्कका १७ वटा एटिएम कार्डसमेत फेला परेको छ। बरामद भएको रकम हुण्डी कारोवारमा प्रयोग भएको हुनसक्ने प्रहरीको आशङ्का छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077