Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

रिंकु सदाय मृत्यु प्रकरण : संलग्न मुख्य आरोपी पक्राउ

रिंकु सदाय मृत्यु प्रकरण : संलग्न मुख्य आरोपी पक्राउ

बुधवार , फाल्गुण २१, २०८१

सिरहा । सिरहाकी किशोरी रिंकुकुमारी सदायको मृत्यु प्रकरणका मुख्य आरोपी पक्राउ परेका छन् ।

नवराजपुर गाउँपालिका १ भगवतीपुरकी १७ वर्षीया सदायको मृत्यु भएको घटनामा प्रहरीले एक जना आरोपीलाई पक्राउ गरेको हो।

पक्राउ परेका व्यक्ति नाबालक रहेकाले सार्वजनिक नगरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिंकु ३० माघमा आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन्।

त्यसअघि २७ गते राति शौच गर्न बाहिर निस्केकी उनी ६ घण्टासम्म बेपत्ता भएकी थिइन् । बिहानीपख ३ बजेमात्रै उनी घरमा रोइरहेको अवस्थामा फेला परेकी थिइन् ।

अभिभावकले सोधपुछ गर्दा उनले आफूमाथि सामूहिक बलात्कार भएको बयान दिएकी थिइन् ।

आफूमाथि बलात्कार भएको बताएकी दलित समुदायकी रिंकु टिनले छाएको आफ्नै ‘भुईं घर’ मा झुन्डिएको अवस्थामा ३० माघको राति ७ः२० मा मृत भेटिएकी थिइन् ।

मृत्यु हुनुअघि रिंकुले आफूमाथि बलात्कार भएको बताएपछि घटना सामसुम पार्न गाउँमै पञ्चायती सभा समेत बसेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077