Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

पाल्हीनन्दन गाउँपालिका अध्यक्ष गुप्ता लागूऔषध कारोबार मुद्धामा दोषी ठहर

पाल्हीनन्दन गाउँपालिका अध्यक्ष गुप्ता लागूऔषध कारोबार मुद्धामा दोषी ठहर

बुधवार , फाल्गुण २१, २०८१

नवलपरासी । नवलपरासीको पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता लागूऔषध कारोबारमा दोषी ठहर भएका छन्।

जिल्ला अदालत नवलपरासीले गाउँपालिका अध्यक्ष गुप्तालाई लागूऔषध कारोबारमा दोषी ठहर गरेको हो।

जिल्ला अदालत नवलपरासीका न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले गाउँपालिका अध्यक्ष गुप्ता र नगरप्रहरी रघुनाथ प्रसाद धोबीलाई कसुरदार कायम गरेको छ।

धोबी २०७९ असोज २६ गतेदेखि पुर्पक्षका लागि थुनामा छन् । अदालतले अन्य दुई अभियुक्त रामा गुप्ता (रामा साह) र जितेन्द्र पासवानलाई भने सफाइ दिइएको छ ।

जितेन्द्र र रामा भारत बिहारका बासिन्दा हुन् । अध्यक्ष गुप्तासहित धोबीलाई सजाय निर्धारणको लागि फागुन २९ गते पेसी तोकिएको छ ।

लागूऔषध अभियोगमा २ देखि १० वर्षसम्म कैद र १ लाखदेखि २० लाख रूपैयाँसम्म जरिबानाको व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077