Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

प्राविधिक प्रहरी समूहका ३६ जना सईमा बढुवा सिफारिस [सूचीसहित]

प्राविधिक प्रहरी समूहका ३६ जना सईमा बढुवा सिफारिस [सूचीसहित]

बुधवार , फाल्गुण २१, २०८१

काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्राविधिक प्रहरी समूहतर्फका ३६ जना प्रहरी नायव निरीक्षकलाई वरिष्ठ नायव निरीक्षकमा बढुवा सिफारिस गरेको छ ।

बुधबार बसेको बढुवा समितिले प्राविधिक प्रहरी समूह नर्सिङ, अन्य , सञ्चार, कम्प्युटर, केनाईन, प्यारामेडिक्स, आतभौ र संगिततर्फको असईहरुलाई सईमा बढुवा सिफारिस गरेको हो ।

बढुवा सिफारिस हुनेमा नर्सिङतर्फका तीनजना, स्वास्थ्य उपसमूह, अन्यतर्फका एकजना, सञ्चारतर्फका २१ जना र कम्प्युटरतर्फका दुईजना रहेका छन् ।

यस्तै केनाईन उपसमूहतर्फका एकजना, प्यारामेडिक्सतर्फका दुईजना, आवास तथा भौतिकतर्फका चारजना र संगित उपसमूहका दुई जनालाई पनि सई पदमा बढुवा सिफारिस गरिएको छ ।

बढुवाका लागि सिफासिर सूची प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम (४) अनुसार प्रकाशित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077