Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

जबरजस्ती करणीको आरोपमा एकीकृत समाजवादीका नेता पक्राउ

जबरजस्ती करणीको आरोपमा एकीकृत समाजवादीका नेता पक्राउ

बिहिवार , फाल्गुण २२, २०८१

स्याङ्जा । नेकपा (एकीकृत समाजवादी) का नेता विष्णु गिरी पक्राउ परेका छन् ।

जबरजस्ती करणीको आरोपमा एकीकृत समाजवादी गण्डकी प्रदेश उपाध्यक्ष तथा स्याङ्जाका जिल्ला अध्यक्षसमेत रहेका गिरी पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार कास्की जिल्ला अदालतले जारी गरेको पक्राउ पुर्जीका आधारमा उपाध्यक्ष गिरीलाई पक्राउ गरिएको हो ।

फागुन २ गते जबरजस्ती करणी मुद्दामा स्याङ्जा पुतलीबजार नगरपालिका–१४ का ५१ वर्षीय गिरीलाई कास्की जिल्ला अदालतले पक्राउको अनुमति दिएपछि घरबाटै उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

उनीमाथि कास्की जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077