Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

गाँजा तस्कर र प्रहरीबीच बिष्णुपादुका जंगलमा जम्का भेट भएपछि गोली चल्यो

गाँजा तस्कर र प्रहरीबीच बिष्णुपादुका जंगलमा जम्का भेट भएपछि गोली चल्यो

बिहिवार , फाल्गुण २२, २०८१

धरान । गाँजा तस्करलाई पक्राउ गर्न धरानमा प्रहरीले गोली चलाएको छ । धरान उपमहानगरपालिका-२० जंगलमा प्रहरीले बिहीवार बिहान १२ः३० बजे गोली हानेर गाँजासहित धनकुटा सागुरीगडी-९ का ४३ वर्षीय हरिकुमार राईलाई पक्राउ गरेको हो ।

धनकुटाको सागुरीगडी गाउँपालिकाको आहालेबाट धरानतर्फ गाँजा बोकेर आउँदै गरेका आठजनाको समूहलाई नियन्त्रण लिने क्रममा इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक दिवस कुँवरको नेतृत्वको टोलीले गोली हानेर गाँजा तस्कर गर्ने व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

नौजना तस्करहरूले नौ भारी गाँजा नाम्लो लाएर बोकी धरानतर्फ आउँदै गर्दा बिष्णुपादुका जंगलमा आएपछि तस्कर र प्रहरीको जम्का भेट भएको थियो ।

गाँजा तस्करहरूले प्रहरीमाथि आक्रमणको प्रयास गरेपछि प्रतिरक्षाका लागि गोली चलाइएको प्रहरीको दाबी छ । पक्राउ परेका व्यक्तिबाट २३० केजी प्रतिबन्धित लागूऔषध गाँजा बरामद गरिएको छ ।

गाँजा तस्करी गर्ने मुख्य नाइकेले स्थानीयलाई केही रकम दिएर गाँजा धरान पुर्याउन लगाएको अनुसन्धानबाट खुलेको छ । प्रहरीले गाँजा तस्करीमा संलग्न अन्यको खोजी तथा अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077