Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

गुरागाईंलाई हाजिर गराउन काठमाडौं महानगरद्धारा अस्वीकार, निमित्तलाई आर्थिक अधिकार दिन माग

गुरागाईंलाई हाजिर गराउन काठमाडौं महानगरद्धारा अस्वीकार, निमित्तलाई आर्थिक अधिकार दिन माग

बिहिवार , फाल्गुण २२, २०८१

काठमाडौं। काठमाडौं महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई हाजिर नगराउने अडान लिएको छ ।

प्रमुख प्रशासकीय अधिकृतमा गुरागाईंलाई नै निरन्तर गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पत्र पठाएपछि काठमाडौं महानगरले उक्त अडान लिएको हो।

गुरागाईंले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलमा काम गर्ने वातावरण बनाइदिन अनुरोध गर्दै पत्र लेखेका थिए ।

पत्र आउने बित्तिकै हिजै मन्त्रीस्तरीय निर्णयबाट गुरागाईंलाई निरन्तरता दिन काठमाडौं महानगरमा पत्राचार भएको थियो ।

त्यसको जवाफमा महानगरले गुरागाईंलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिन नसकिने बरू निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई आर्थिक अधिकार दिन आग्रह गरेको हो।

महानगरले प्रमुख प्रशासकीय अधिकृतमा पुन गुरागाईंलाई नै हाजिर गराए काठमाडौं टावर लगायत अन्य काममा पनि नकारात्मक प्रभाव पर्ने दाबी गरेको छ।

काठमाडौं टावरको नक्सा पास गर्ने निर्णय एकलौटी गरेको भन्दै मेयर बालेन शाहको निर्देशनमा गत पुस ८ गतेदेखि एक साताका लागि बिदामा बसेका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077