काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।
बैठक आज दिउँसो १ बजे बस्न लागेको हो । बैठकमा वार्षिक प्रतिवेदन र व्यवस्थापनसम्बन्धी कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगको २४औं वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ।
यस्तै व्यवस्थापन कार्य अन्तर्गत आज ऊर्जामन्त्री दिपक खड्काले 'नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक २०८१' माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ ।