Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्षद्वय झा र खनाल भ्रष्टाचार मुद्दामा दोषी ठहर

दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्षद्वय झा र खनाल भ्रष्टाचार मुद्दामा दोषी ठहर

शुक्रवार , फाल्गुण २३, २०८१

काठमाडौ । नेपाल दूरसञ्चार प्राधिकरण एनटीएको मोवाइल डिभाइस मेनेजमेन्ट सिस्टम एमडीएमएस परामर्श सेवा खरिदमा एनटीएका तत्कालीन अध्यक्षद्वय दिगम्बर झा र पुरूषोत्तम खनाल भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।

विशेष अदालतले खरिद प्रक्रियामा अयोग्य कम्पनीलाई छनोट गरेको, दुई करोड ४२ लाख अमेरिकी डलर लागत बढाएको ठहर गर्दै भुक्तानी भएको रकम २३ करोड २० लाख ५९ हजार ३१४ भ्रष्टाचार भएको ठहर गरेको हो ।

विशेष अदालतका न्यायाधीसहरू अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रितेन्द्र थापा र विदुर कोइरालाको इजलासले अध्यक्षद्वय झा र खनाललाई एकवर्ष तीन महिना कैदसहित जरिबानाको फैसला सुनाएको छ ।

न्यायाधीशत्रय टेक नारायण कुँवर रितेन्द्र थापा र विदुर कोइरालाको इजलासले बिहीवारउनीहरुमाथि जनही ५ करोड ८० लाख १४ हजार ८२८ जरिवाना समेत हुने फैसला गरेको छ ।

अख्तियारले ९१ करोढ ९८ लाख ३० हजार ८८२ रुपैंया विगो मागदावी गरेको थियो । साथै मोवाईल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प्रणाली स्थापनाका नाममा हालसम्म खर्च भएको २३ करोड २० लाख रुपैंया जरिवाना असुल्नुपर्ने समेत अख्तियारको दावी थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077