Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

राष्ट्रिय सभाको बैठक पनि बस्दै, यस्तो छ कार्यसूची

राष्ट्रिय सभाको बैठक पनि बस्दै, यस्तो छ कार्यसूची

शुक्रवार , फाल्गुण २३, २०८१

काठमाडौं । आज राष्ट्रिय सभाको बैठक बस्दै छ । बैठक दिउँसो सवा १ बजे बस्न लागेको हो ।

बैठकमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको छ।

यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षा परिषद्को आ.व. २०७९/८० को छैठौं वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्ने छन् ।

अर्थमन्त्री विष्णु पौडेलले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त बैंकिङ्ग कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रश्ताव प्रश्तुत गर्ने कार्यसूची रहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077