Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

म ज्ञानेन्द्रलाई पूर्वराजा भन्दिनँ राजा नै भन्छु : शेखर कोइराला

म ज्ञानेन्द्रलाई पूर्वराजा भन्दिनँ राजा नै भन्छु : शेखर कोइराला

शुक्रवार , फाल्गुण २३, २०८१

झापा । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले ज्ञानेन्द्र शाहलाई आफूले राजा नै भन्ने गरेको बताए ।

शुक्रवार झापाको बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता कोइरालाले यस्तो बताएका हुन् ।

उनले आफूलाई राजतन्त्र फर्किन्छ भन्नेमा विश्वास नभएको बताए । अहिलेको सडकमा राजतन्त्र माग्नेहरू उत्साहित हुनुको कारण भने गणतन्त्रवादी नेताका कारण नै भएको कोइरालाले तर्क गरे ।

पूर्वराजा ज्ञानेन्द्र शाह मुलुकको कार्यकारी भइसकेको व्यक्ति भएकाले आफूले राजा नै भन्ने उनले बताए ।

‘अरूले पूर्वराजा भन्छन् म राजा नै भन्छु । किनभने कार्यकारी भइसकेको व्यक्तिलाई पूर्व भन्ने चलन बाहिर छैन, नेपालमा मात्रै छ,’ कोइरालाले भने।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077