Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

छिमेकीलाई गोली हानी हत्या गरेको आरोपमा विष्ट पक्राउ

छिमेकीलाई गोली हानी हत्या गरेको आरोपमा विष्ट पक्राउ

शनिवार , फाल्गुण २४, २०८१

बैतडी । बैतडीमा लेनदेन विवादमा गोली प्रहार गरी युवकको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् । दार्चुलाको दत्तु पारी भारतीय क्षेत्रबाट शुक्रवार फरार रहेका कर्ण विष्टलाई प्रहरीले पक्राउ गरेको हो ।

गत शनिवार आफ्नै घरमा रहेको बन्दुकले कर्णको गोली प्रहारबाट गम्भीर घाइते हुनुभएका सुरेन्द्रको उपचारका लागि जिल्ला अस्पताल बैतडी लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।

गाउँले भाइ नाता पर्ने २४ वर्षीय सुरेन्द्र विष्टको गोली हानेर हत्या गरी उनी फरार अवस्थामा थिए ।

हत्यापछि बन्दुकसहित फरार रहेका विष्टको खोजीका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक बल्देब बडू, इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी निरीक्षक राजेन्द्र साउद तथा खोचलेक प्रहरी चौकीबाट प्रहरी नायब निरीक्षक गणेश कडायत नेतृत्वको टोली खटिएको थियो ।

उनीमाथि अब थप अनुसन्धान अघि बढाइने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077