Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

पूर्वराजालाई प्रचण्डको चुनौती - राजनीति गर्न मन भए पार्टी खोलेर चुनाव लड्नू

पूर्वराजालाई प्रचण्डको चुनौती - राजनीति गर्न मन भए पार्टी खोलेर चुनाव लड्नू

शनिवार , फाल्गुण २४, २०८१

रौतहट । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पार्टी खोलेर चुनाव लड्न चुनौती दिएका छन् ।

‘जनतासँग माओवादी : तराई मधेश जागरण अभियान’ अन्तर्गत आज बिहान रौतहटको गरुडामा संचारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले यस्तो चुनौती दिएका हुन् ।

उनले पूर्वराजा शाहलाई राजनीति गर्न मन लागेको भए पार्टी खोलेर चुनाव लड्न र चुनाव जितेर काम गर्न चुनौती दिए ।

उनले देशमा फेरि राजा फर्किन असम्भव रहेको बताए । राजावादीहरुकाले पुनः देशमा राजा फर्काउने हल्ला चलाए पनि त्यो सम्भव नभएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077