Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

घुमुवा प्रहरी हुँ भन्दै किसानसँग पैसा माग्ने एक जना पक्राउ

घुमुवा प्रहरी हुँ भन्दै किसानसँग पैसा माग्ने एक जना पक्राउ

शनिवार , फाल्गुण २४, २०८१

रौतहट । घुमुवा प्रहरी हुँ भन्दै किसानसँग पैसा मागिरहेका एक जना नक्कली प्रहरी सक्कली प्रहरीको फन्दामा परेका छन्।

पक्राउ पर्नेमा गरुडा नगरपालिका-८ बिर्ता गाउँका ४४ वर्षीय सदरे आलम रहेका छन् ।

गौर चन्द्रिगाहपुर सडकखण्ड अन्तर्गत बिर्ता चौकमा आलमले आफू जिल्ला प्रहरी कार्यालय रौतहटको घुमुवा प्रहरी बताएर किसानले ल्याउँदै गरेको मलखाद रोकेर पैसा मागिरहेको सूचनाको आधारमा प्रहरी चौकी बिर्ताबाट गएको टोलीले उनलाई पक्राउ गरेको थियो।

आरोपी आलम हाल इलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा रहेको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077